November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

नीति तथा कार्यक्रमको समर्थनमा बोल्न चिठी लेखेर दबाब दिएको भन्दै सत्ता पक्षकै सांसदको आपत्ति

2.3K

विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रमको सर्मथनमा बोल्न चिठी लेखेर दबाब दिएको भन्दै सत्तापक्षका सांसदहरुले आपत्ति जनाएका छन् । 

शनिबार प्रस्तुत नीति कार्यक्रमको छलफलमा बोल्दै सत्तारुढ  दल एमाले सांसद उपेन्द्रप्रसाद घिमिरेले संसदमा बोल्ने विषयमा संसदीय दलबाट पत्र नै लेखेर सत्तापक्षका सांसदहरुलाई दबाब दिनु आश्चर्यजनक भएको बताए । 

सांसद घिमिरेले सत्ताधारी दलका सांसदलाई नै चिठी लेखेर नीति कार्यक्रमको सर्मथममा मात्र बोल्न दबाब दिनु नागरिकको सूचनाको हक विपरित हो भने  । संसदमा बोल्दा राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भनेर विश्लेषण र आलोचना गर्ने सार्वभौम अधिकार हो भन्दै उनले भने ,‘ म सत्तापक्षको सांसद हुँ र मलाई नै यसरी चिठी मार्फत  सर्मथनमा मात्र बोल्न भनेर प्रमुख सचेतकज्युले दबाब दिनु भएको छ यहाँभन्दा उदेकलाग्दो कुरो के हुन्छ ?’

Advertisement

सांसद घिमिरेले सरकारले प्रस्तुत गरेको नीति कार्यक्रम ‘ढाँटको निम्तो खाइपत्याउने’ खालको नीति कार्यक्रम गरिबी निवारणमुखी नभएर दलाल पुँजिपतीलाई संरक्षण गर्ने खालको मात्र भएको आरोप लगाए ।