April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

६ महानगरपालिकालाई संघ सरकारको १० अर्ब बजेट

2.2K

काठमाडौं- संघ सरकारले आगामी आर्थिक वर्षका लागि ६ महागरपालिकालाई १० अर्ब ९ करोड २८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

अन्तर-सरकारी वित्तीय हस्तान्तरण अनुसार ६ वटा महानगरपालिकालाई समानीकरण अनुदान, सर्शत अनुदान, विशेष अनुदान, समपुरक अनुदान तथा चालु र पूँजी खर्च समेत गरी संघबाट १० अर्ब ९ करोड २८ लाख रुपैयाँ बजेट गएको हो।

जसमा नेकपा एमालेका तर्फबाट निर्वाचित मेयर भएको महानगरपालिकामा सबैभन्दा बढी बजेट गएको छ। पोखरा महानगरपालिकाका लागि सबैभन्दा बढी बजेट गएको हो। पोखराका लागि २ अर्ब ५६ करोड १६ लाख संघबाट गएको छ।

Advertisement

यसैगरी, दोस्रो बढी काठमाडाैं महानगरपालिका लागि २ अर्ब १ करोड ३७ लाख र तेस्रो भरतपुर महानगरपालिका लागि १ अर्ब ६४ करोड २८ लाख रूपैयाँ बजेट गएको छ।

यसैगरी, वीरगञ्ज महानगरपालिका लागि १ अर्ब ४५ करोड ४० लाख, ललितपुर महानगरपालिका १ अर्ब २२ करोड ५४ लाख र विराटनगर महानगरपालिका लागि १ अर्ब १९ करोड ५३ लाख संघ सरकारबाट गएको छ।