April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

हुम्लामा हवाई उडान सुचारु, खाद्यान्न र निर्माण सामग्री ढुवानी गर्न पाइने

5.9K

हुम्ला–कोरोना संक्रमणको दर बढ्दै जाँदा खाद्यान्न संकट पर्न सक्ने भन्दै जिल्लास्तरीय कोभिड व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले खाद्यान्न र निर्माण सामग्री ढुवानी गर्न दिने निर्णय गरेको छ।

केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले स्थिति भयावह हुन सक्ने अवस्थालाई ध्यानमा राखी जिल्लामा खाद्यान्न संकट हुन नदिन हवाई उडान जारी राख्ने निर्णय गरेको हो। 

बैठकमा जिल्लामा उडान भर्दै आएका निजी विमान कम्पनी सीता एयर, तारा एयर र समिट एयरका प्रतिनिधि समेत सहभागी थिए। 

Advertisement

यसअघि  नेपालगञ्ज र सुर्खेत हुँदै जिल्ला हुम्ला आएका यात्रुमध्ये एन्टिजेन परीक्षण गरिएका आठ जनामा कोरोना संक्रमण देखिएपछि नेपालगञ्ज र सुर्खेतसँगको प्रत्यक्ष हवाई सम्पर्क बिच्छेद गर्न यही वैशाख २२ गते राति १२ बजेदेखि संक्रमण रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार जिल्लाभर निषेधाज्ञा गरिएको थिया। सो अवधिमा सुर्खेत र  नेपालगञ्जबाट हुने सबै उडानसमेत बन्द गरिएको थियो।

एयरलाइन्सद्वारा ढुवानी गरेर ल्याइएका सामग्री यही वैशाख २८ गतेपछि मात्रै सम्बन्धित व्यक्ति र निकायमा दिइने निर्णय बैठकले गरेको छ।