November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

गायक चन्दन शंकरको दोस्रो म्युजिक भिडियो ‘चुपचाप छौ’ दशैं अघि आउँदै

लेखनाथ सिकारू
२०८१ आश्विन २१

3.4K

काठमाण्डौं । गायक चन्दन शंकरको दोस्रो म्युजिक भिडियो ‘चुपचाप छौ’ बजारमा आउने तयारीमा छ ।  झापाको गौरादह नगरपालिका १ घरभई काठमाडौंलाई कर्मथलो बनाएका शंकरको दोस्रो म्युजिक भिडियो बजारमा आउने तयारीमा रहेको हो ।  

उनले यस म्युजिक भिडियोमा खास गरी प्रेमी प्रेमिकालाई एकले अर्कोलाई गरेको माया कुनै कारण मिस-अण्डरस्टाण्ङि भएपछि माया गर्ने व्यक्तिले आफ्नो प्रेमी या प्रेमीका रिसाएपछि फकाउने प्रयास गीत मार्फत गरेका छन् । 

गीतसंगीतसँग लामो लगाव र सङ्गत भएको बताउने शंकर संगीतप्रतिको लगाव पारिवारिक नै भएको बताउँछन्  । उनका बुबा नैनसिंह शंकर पनि गीतसंगीतसँगै जोडिएका व्यक्ति हुन् । बुबा नैनसिंहले उबेला राष्ट्रिय लोक दोहारी प्रतियोगितामा प्रथम स्थान नै हासिल गरेका थिए । जबकी उनीसँगको प्रतिस्पर्धामा प्रेमराजा महत दोस्रो भएका थिए । 
 चन्दन भन्छन् ‘बुबाको गितसंगित प्रतिको मोहले राष्ट्रिय पुरस्कार जितायो तर , व्यावहारिक र पारिवारिक कारणले बैंकको जागिरे बनायो’ पहिले जिम्मेवारी, परिबारप्रतिको कर्तव्यबोध अनि मात्र आफ्नो रहर भन्ने बुबाबाटै सिकेका चन्दन पनि अन्य पेशा व्यवसायका बावजुत गीत संगीत क्षेत्रमा पनि क्रियाशील छन् । 

Advertisement

विद्यालय शिक्षा पश्चात् काठमाडौं छिरेका शंकर यतै उच्च शिक्षा अध्ययनसँगै ब्यावसायतिर लागे , समयसंगै वैदेशिक रोजगारीको तितो मिठो अनुभव पनि संगाले । तर उनको गीतसंगीतप्रतिको मोहमा भने कुनै कमी भएन । फुर्सदको समयमा गीत लेख्ने , गितार बजाउने , गाउने लगायत गरिनै रहेका शंकरले आफ्नै शब्द ,संगित र स्वरमा पहिलो पटक ‘जिन्दगी मेरो केवल तिमी’ बोलको गीत सार्वजनिक गरेका थिए । सफ्ट मेलोडी धारको गीतहरू लेख्न , गाउन रुचाउने  उनले  दोस्रो म्युजिक भिडियो सहितको गीत  ‘चुपचाप छौ’  तयारी गरिरहेका छन् । सो गीत दशैँ अधि सार्वजनिक हुने उनले बताए ।  

प्रेम माया सम्बन्धमा दरार यिनै सन्दर्भलाई समेटेर रोमान्टिक ढगले आधुनिक पप तयारी भएको उनको भनाइ छ । माया गर्ने मान्छेले प्रेमीका रिसाउँदा कस्तो हुन्छ त्यसलाई गीत र संगीतमा जोड्ने प्रयास आफूले यस भिडियो मार्फत गरेको उनले बताएका छन् । 

म्युजिक भिडियो ‘चुपचाप छौ’ मा शंकर यसरी बगेका छन् 
चुपचाप छौ किन केही त बोल न
चुपचाप छौ किन केही नजिक वसीदेउ न
रीसाएकी छौ किन २
एकचोटी हाँसी देउन
चुपचाप छौ किन
 ओ…………….।

आफ्नै शव्द संगित, सृजना र कम्पोज पनि आफ्नै रहेकोे आफ्नो गीतले  पक्कै पनि  दर्शक दिर्घाको मन छुनेमा उनी विश्वस्त छन्  ।

जिन्दगीमा सबै प्रकारको तालमेल जरुरी भएको भन्दै गायक शंकर भन्छन् गानाको मर्म र धर्म शव्दमा हुन्छ । हृदयबाट मन पराउने शव्द र सङ्गीत नै बास्तवमा कालजयी हुन्छन् ।

पेशाले काठमाण्डौमा सुनचाँदी पसल गर्दै आएका शंकरलाई साथिभाई नातेदार, इष्टमित्र र परिवारबाट यस क्षेत्रमा हौसला मिल्यो। ‘म्युजिकसँगको बालापनको लगाव र माहौंल अनि साथिभाई नातागोताको हौसलाले नै मलाई यहाँसम्म ल्याएको हो’, उनी भन्छन् । स्वरुप नै उनले दोस्रो म्युजिक भिडियो दर्शकमाझ ल्याउन सफल भएको उनको बुझाई छ । 
उनले यस अघि नै ‘जिन्दगी मेरो केवल तिमी’ नामको गीत दर्शक माझ पस्किसकेका थिए । उनले भनेका छन्,’ आमसंचार, क्षेत्रसहित आम दर्शकदिर्घाको माया र सपोर्ट रहेमा गीतसंगीतको क्षेत्रमा केही गर्ने मन छ’, उनी भन्छन् ।

फास्ट ट्र्याकको जमानामा सबै खालको तालमेल हुनुपर्छ  गहन शव्द सहितको आधुनिक गीत नै वास्तवमा कालजयी, स्थायी र चिरकालसम्म रहन्छन् ।

कम्पोज सृजना आफै र फणिन्द्र राईले म्युजिक एरेन्ज गरेको उनको म्युजिक भिडियो पल्पल स्टुडीयोमा रेकर्डीङ र एमएस कम्पनीले बितरणको जिम्मा लिएको छ । 

‘जिन्दगी फास्ट मात्र हुन्न गानाको मर्म शब्दमा नै हो गहन शव्द भतएमात्र कालजयी हुन्छन् भन्ने लाग्छ ‘, उनी भन्छन्, जिन्दगी फास्ट मात्र  पनि हुन्न र स्लो मात्र पनि हुन्न ।  
नेपालको संगीतको अवस्था राम्रो छ प्रगति राम्रो छ स्पन्सर र अन्य विभिन्नि प्लेटफर्मबाट आफ्ना खुवि प्रदर्शन गर्न सकिन्छ सबै कुरा दर्शक दिर्घालाई नै छ । आफ्ना खुबी प्रदर्शन गर्ने प्रयास गरेको भन्दै आम दर्शकदिर्घासँग आवश्यक सल्लाह सुझाव र प्रतिकृया समेत मागेका छन् ।