काठमाडौं । गीतकार बिष्णु बेघाको गीत ‘हातैमा दिउँ कि मायाँको चिनो’ सार्वजनिक भएको छ । गीतको लिरिकल भिडियो खुशी लिम्बु युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
मनोज थापा मगरको संगीत तथा संगीत संयोजन रहेको यस गीतमा खुशी लिम्बू र सुनिता थेगिमको स्वर रहेको छ भने अनिल रानाको सम्पादन रहेको छ ।
गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूके, आदिवासी जनजाति महासंघ यूके लगायत बेलायत र हङकङका एक दर्जन जति सामाजिक र राजनीतिक संस्थाहरुमा खुशी लिम्बूले नेतृत्वदायी भूमिकामा रहेर काम गरेका छन् । उनी हाल नेपाल मामिला डट कमका प्रधान सम्पादक तथा एक लगानीकर्ता हुन् ।
उनको यसअघि ‘नाकैको फूली सोल्टिनी ठूली’, ‘मायालु आउने बाटोमा’, ‘मैच्याङको गालैको कोठी’, ‘बर्षगाँठको शुभकामना’, लगायतका गीतका म्युजिक भिडियोहरू सार्वजनिक भइसकेका छन् ।