May 22, 2024, Wednesday
२०८१ जेष्ठ १०
1:37:26 pm

गीतकार डम्बर यक्सो लिम्बुको ‘मुस्कान छैन’ सार्वजनिक

5.8K

काठमाडौं । गीतकार डम्बर यक्सो लिम्बुको ‘मुस्कान छैन’ सार्वजनिक भएको छ । यक्सोको शब्द रहेको यस गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

यश गीतमा अहिलेका चर्चित सङ्गीतकार दिनेश ‘काजि’ बान्तवाले लय भरेका छन् भने भोइस अफ नेपाल सिजन ५ को नकआउट राउड सम्म पुगेर चर्चा बटुलेकी कालिम्पोङकी गायिका स्मिता प्रधानको स्वरमा रहेको छ ।

देबेश राईको एरेञ्ज रहेको गीतको रेकर्डिङ, सेवा रेकर्डिङ स्टुडियोमा रेकडीस् योगेन मुकारुङ र मिक्सिंङ देबेश राई को रहेको छ ।

Advertisement

गीतको भिडियो अफिसियल युट्युब च्यानल ‘सेवा इन्टरटेन्मेन्ट’ मार्फत् सार्वजनिक गरिएको छ । जयन्द्र कुवरको छायांकन, सोनु बिस्वकर्माको सृङ्गार र जीवन मुकारुङको सम्पादन रहेको छ ।

ताप्लेजुङ पुर्ख्यौली थात्थलो भएका यक्सो बुबा मलायाको लाहुरे भएका कारण जोरबारू मलेसियामा जन्मेका हुन् । मलायामा जन्मिए तापनि आफ्नो बुवाको अवकासपछि ताप्लेजुङ हाङ्पाङ्को सरस्वती माध्यमिक विद्यालयबाट २०३५ सालमा एसएलसी उतीर्ण गरेका हुन्। केही वर्ष सोही विद्यालयमा शिक्षण गरेका उनी पुन: आफ्नै बुवाको पाईला पछ्याउदै ब्रिटिस आर्मीमा भर्ती भई दुईदशक काम गरे । हाल उनी अवकास जीवन बिताई रहेका छन् ।

गीतकार यक्सो ब्रिटिस सरकारले दिएको सम्पूर्ण सुविधाहरू त्यागेर आफ्नै देश र समाजलाई केही गर्न सकिन्छ भन्ने अठोटसहित समाज सेवा र विभिन्न संघ संगठनहरुमा आबद्ध भई काम गरिरहेका छन् । आफ्नो कार्य व्यस्तताकाबीच समयलाई सदुपयोग गर्दै गीत, कवुता, फुटकर लेखहरु लेख्दै आएका गीतकार यक्सो हाल केही गीत रेकर्डिङ र कवितासंग्रह प्रकाशनको तयारीमा छन् ।