November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

‘द भ्वाइस अफ नेपाल सिजन- ५ का’ विजेता विनोद राई

1.4K

काठमाडौं। ‘द भ्वाइस अफ नेपाल सिजन-५ का’ विजेता विनोद राई बनेका छन्। शुक्रबार भएको ग्राण्ड फिनालेमा उनले तीन प्रतिस्पर्धीलाई पछि पार्दै राई विजेता बनेका हुन् ।

विजेता राईले नगद २० लाख प्राप्त गरेका छन् । ‘ब्लाइण्ड अडिसन’ ४ कुर्सी घुमाएका राईलाई त्यसपछि नै विजेताको दाबेदार मानिदै आइएको थियो । विनोदले टिम मिलन नेवारबाट प्रतिस्पर्धा गरेका थिए।

टिम राजेश पायल राईबाट मकरबहादुर योञ्जन फर्स्ट रनरअप घोषित भए। यस्तै टिम उदय सोताङबाट कुमार प्रयास सेकेन्ड रनरअप हुँदा टिम प्रमोद खरेलबाट नोगेन लिम्बु थर्ड रनरअप बने।

Advertisement