November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

कवि शकुन आँसुको ‘आम्लाबुङ’ सार्वजनिक

8.8K

काठमाडौं । कवि शकुन आँसुको शब्दमा ‘आम्लाबुङ’ गीत दर्शक तथा स्रोतामाझ आएको छ । यस गीतका संगीतकार डिबी कुलुङ हुन् भने राधा राईले स्वर दिएकी छन् ।

स्टुडियो किङमा रेकर्ड गरिएको यस गीतलाई मनोज साङसोन राईले संगीतसंयोजन गरेका छन् भने मिक्सिङ राजु कार्कीले गरेका हुन् ।

गीतको स्टुडियो भिडियो युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

Advertisement

कवि शकुन आँसु रोजगारीको सिलसिलामा कोरिया रहँदै आएकी छन् । प्रखर युवा कविको रुपमा परिचित आँसु विभिन्न संघसंस्थामासमेत आवद्ध हुनुका साथै समाजसेवामा पनि समर्पित छिन् ।