November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

कवि दीपा मेवाहाङको ‘तिमी बाँच’

7.3K

काठमाडौं । कवि दीपा मेवाहाङ राईको गीत ‘तिमी बाँच’ स्रोतामाझ आएको छ । गीतको ‘लिरिकल भिडियो’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

कवि मेवाहाङको शब्द रहेको यश गीतमा चर्चित गायक तथा संगीतकार हरि लम्सालको संगीत र गायिका रचना रिमालको स्वर रहेको छ ।

मेवाहाङले यसअघि उदय सोताङ र मनिला सोताङको आवाजमा ‘फूलजस्तो मुस्कान तिम्रो’, श्रेया राई र विनोद राईको आवाजमा ‘तिमीसँगै गए मेरा’,अन्जु पन्तको आवाजमा ‘हाँसी हाँसी बाँच प्रिय’, मेलिना राईको आवाजमा ‘हिँड्दा हिँड्दै’ दर्शक तथा पाठकमाझ ल्याइसकेकी छन्। कोरिया रहेर नेपाली साहित्य तथा गीतसंगीतमा योगदान दिइरहेकी मेवाहाङको ‘यादको सन्दुक’ कवितासंग्रह प्रकाशित छ ।

Advertisement

इनुमा इनुद्वारा सम्पादित ‘तिमी बाँच’को लिरिकल भिडियो ‘दीपा राई युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।