December 10, 2023, Sunday
२०८० मंसिर २४
1:37:26 pm

संगीतकार दिनेश काजी बान्तावाको ‘यो मन मेरो दोमन भो’ भिडियो सार्वजनिक

4.9K

काठमाडौं । संगीतकार दिनेश काजी बान्तावाको संगीत रहेको ‘यो मन मेरो दोमन भो’ वोलको गीतको भिडियो सार्वजानिक भएको छ । किसन राई अफिसियलबाट सार्वजनिक गरिएको हो ।

उक्त गीतलाई वरिष्ठ संचारकर्मी अमरधोज लामाले लेखेका छन् भने गीतको एरेन्ज, मिक्सिङ्ग एवं मास्टरिङ्ग देवेश राईले गरेका छन् ।

सेवा रेकर्डिङ्गमा रेकर्ड गरिएको उक्त गीतको म्यूजिक भिडियोमा चर्चित मोडल एलिसा राईले मुख्य कास्ट कलाकारको रुपमा अभिनय गरेकी छन् भने कलाकारहरू निर्मल कुमार लामा(बिजी), मन्जित वाईबा, अन्जन मोक्तान कान्छा र स्वयम् गायक किसन राईले अभिनय गरेका छन् ।

Advertisement

डोल्मोको सौन्दर्यता र जीवनशैलीलाई मन पराउने भिन्नभिन्न उमेर समूहका युवाहरुको डोल्मोप्रतिको आकर्षणलाई भिडियोको विषयवस्तु बनाइएको छ । भिडियो भित्रको कथाको अन्त्य भने अप्रत्यासित बनाइएको निर्माण टिम बताउछन् ।

उक्त भिडियोलाई भिमफेदी गाईजका निर्मल कुमार लामा(बिजी)ले निर्देशन गरेका हुन् । भिडियोको सिनेमाटोग्राफी, भिडियो सम्पादन तथा कलरिङ्ग पवन सुस्लिङ्गले गरेका छन् ।

संगीतकार दिनेश ‘काजी’ बान्तावाद्वारा संगीतबद्द ‘हुरुक्कै भए म’, ‘गर्मी भयो धरान’, ‘मेरो मुटु भन्छौ मलाई’, ‘मार्याे सुड्डोले’ आदि गीतहरु चर्चित छन् ।