पोखरा । भारतका चर्चित गायक रितो रिबा नेपाल आउने भएका छन् । उनी आइतबार पोखरा आउने भएका हुन्।
उनलाई लेकसाइड स्थित क्याटवाकमा लाइभ कन्सर्टको प्रस्तुति दिन प्रतिक इभेण्ट र टौवा क्रियशनले ल्याउन लागेको हो ।
रिबाको प्रस्तुति राती साढे ११ बजे रहने छ ।
लाइभ कन्सर्टमा प्रवेशका लागि एक हजार रुपैयाँ शुल्क लाग्ने आयोजकले जनाएको छ ।