January 13, 2025, Monday
२०८१ माघ १
1:37:26 pm

हङकङमा हास्य कलाकार गणेश ईशारा राईको ‘एकल कमेडी शो’ हुने

2.5K

काठमाडौं । ‘जो धेरै हाँस्छ उ धेरै बाँच्छ’ भन्ने मुल नाराका साथ हास्य कलाकार गणेश ईशारा राईको ‘गणेश इशारा राई एकल कमेडी शो’ हङकङमा पनि हुने भएको छ ।

ईशाराको एकल शो हङकङमा अक्टोबर १५ तारिखमा हुनेछ । कार्यक्रमलाई एभरेष्ट ईन्टरनेशनल ट्रेडिङ कम्पनीको प्रस्तुतीमा याक एण्ड यति रेष्टुरेन्ट हङकङले आयोजना गर्ने भएको छ ।

हास्य कलाकार ईशाराले विगत २०५४ सालदेखि मुटु रोगी, मृगौला रोगी, बृद्ध आश्रामदेखि विभिन्न पिडितहरुलाई उपचार र सहयोग गर्न सफल एक समाजसेवी तथा कलाकार हुन् । उनले आफ्नै हजुर आमाको नाममा बिरमाया राई ‘सोभोमा’ स्मृतिकोष स्थापना गरि बिभिन्न समस्यमा परि भैपरि आउने दुखी, पिडितहरुलाई सहयोग गर्दै आएका छन् ।

Advertisement

कलाकार इशाराको गाईजात्रा कोसेली ‘सदन हल र भट्टी पसल उस्तै’, ‘साधेतन्त्र’ र ‘भद्रगोल डटकम’ रहेको छ । त्यस्तैगरि दर्जनौ म्युजिक भिडियोको निर्देशन र थुप्रै इभेन्ट अर्गानाइज गरेका छन् ।

हङकङमा हुने कार्यक्रममा ईशाराका साथमा आफ्नो कर्मथलो बनाईरहेको स्थानीय नेपाली कलाकारहरुको पनि प्रस्तुती रहने बताईएको छ । कार्यक्रमको संयोजन एभरेष्ट ईन्टरनेशनल ट्रेडिङ कम्पनीका प्रबन्ध निर्देशक लोक आङबुहाङले गरेका छन् भने प्रायोजकहरुमा सिताराम राई, प्रकाश आङबुहाङ ९टेन्सन०, लक्ष्मी प्रसाद सम्बाहाम्फे, नविन चाम्लिङ राई, सुमन वनेम र भवेश घिसिङ लामाले गरेको कलाका ईशाराले बताए ।