काठमाडौं । चलचित्र विकास बोर्डले ११ जना चलचित्रकर्मीलाई सम्मान प्रदान गर्ने भएको छ । बोर्डले संविधान दिवसको अवसरमा मदनकृष्ण श्रेष्ठसहित ११ चलचित्रकर्मीलाई सम्मान गर्न लागेको हो ।
रेखा थापा, विजयरत्न तुलाधर, मिथिला शर्मा, दयाराम दाहाल, मुकुन्द किशोर भट्टराई, श्याम सापकोटा, दीपाश्री निरौला, मनोज पण्डित, मीनबहादुर भाम र चलचित्रकर्मी कल्याण कोष संचालन समितिलाई पुरस्कार प्रदान गरिने बोर्डले जनाएको छ ।
बोर्डले सोमबार विज्ञप्ति जारी गर्दै ती चलचित्रकर्मीलाई ‘सांस्कृतिक रुपान्तरण पुरस्कार २०८०’ प्रदान गर्ने घोषणा गरेको हो ।