September 21, 2023, Thursday
२०८० आश्विन ५
1:37:26 pm

चलचित्र ‘एक भगवत गीता’ विवाद समाधान, नाम परिवर्तन गर्ने सहमति

635

काठमाडौं । चलचित्र ‘एक भागवत गीता’ विवाद समाधान भएको छ । प्रदर्शनको ४ दिनअघि परिवर्तित नाम ‘एक भागवत् र एक गीता’ अनि कोष्ठकमा सामाजिक कथा लेख्ने सहमतिसँगै फिल्मको विवाद टुंगिएको हो ।

चलचित्रको नाम र चरित्र चित्रणमाथि विभिन्न धार्मिक संस्थाले आपत्ति जनाएको थियो । चलचित्र निर्माण पक्ष, उजुरीकर्ता र चलचित्रसँग सम्बन्धित संघ/संस्थाका प्रतिनिधिबीच भएको छलफलपछि शीर्षक परिवर्तन गरी एक भागवत् एक गीत र कोष्ठकमा सामाजिक कथा राख्ने सहमतिमा विवाद टुंगाइएको हो ।

छलफलमा धार्मिक संस्थाका प्रतिनिधि, फिल्म निर्देशक झरना थापा, निर्माता सुनीलकुमार थापा, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, निर्देशक दीपकराज गिरी, दीपेन्द्र के खनाल र खगेन्द्र लामिछानेलगायतको उपस्थिति रहेको थियो ।

Advertisement

चलचित्र ‘एक भगवत् र एक गीता’ भदै २९ गतेदेखि प्रदर्शनमा आउदै छ ।