April 22, 2026, Wednesday
२०८३ बैशाख ९
1:37:26 pm

लिम्बु चलचित्र ‘सुगुप’को पहिलो पोष्टर सार्वजनिक

7.3K

काठमाडौं । याक्थुङ लिम्बु चलचित्र ‘सुगुप’ को पहिलो पोष्टर सार्वजनिक भएको छ । चलचित्र केही समयपछि प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ ।

सैलेन्द्र कुमार नाल्बो र रबिन कुमार नाल्बोको प्रस्तुति तथा निर्माण रहेको चलचित्र सुगुपमा एक गरिब युवकले आफ्नी प्रेमिकाको बिबाह पश्चात उनलाई पाउनका लागि गर्ने संघर्ष र दुई कुटुम्बेरी बेमेलका कारण केटा मुग्लान जानु पर्ने बाध्यतालाई देखाइएको छ । यश चलचित्रका निर्देशक लोकेन साम्बा हुन् ।

चलचित्रमा रिता फोम्बो ठुली, यासेली योङहाङ, सागर केरुङको रचना रहेका छन् भने संगीत अशोक कुमार लोहोरुङ राईको रहेको छ । यस्तै, राजेश पायल राई, अञ्जु पन्त, सुनिता थेगिम मनु नेम्बाङ, सुमन लिम्बु, रुकमान लिम्बु, निरन्ता नेम्बाङ, जीवन केदेमले स्वर दिएका छन् ।

Advertisement

चलचित्रमा प्रेम सुब्बा, मौसम इम्बुङ, बबिता नेयोहाङ लिम्बु, यासेली योङहाङ, सुम्निमा खापुङ, तीर्थ मादेम्बा, मन सोदेम्बा, रुकमान लिम्बु, डम्बर कुमारी पयाङ्गु, नीता लिम्बु, उदय बेघा, मन कुमार योङहाङ, सागर केरुङ, शैलेन्द्र कुमार नाल्वो, रविन कुमार नाल्वो, इन्द्र पङ्धाक, युवराज इस्वो, लिला सेलिङ मावो, दिल माया लाबुङ (नाल्वो), थानाहाङ तिगेला, सीता लिम्बु आशिष थोप्रा, इन्द्र शेर्पा, पन्न्ना आङ्बोले अभिनय गरेका छन् । चलचित्रको छायाङकन युवराज राई ‘वीर बहादुर’, सम्पादन विपीन मल्ल, भेषभूषा युनिक क्रिएसन, निर्माण व्यवस्थापक इन्द्र शेर्पा, श्रङ्गार विजय लामाले गरेका छन् ।

‘सुगुप’ चलचित्रमा रोमियन वनेम लिम्बु, एलपी साँवा, मनिसा सुब्बा नाल्वो, सिरि प्रसाद माबो, राम प्रसाद पङ्धाकहरू निर्माता रहेका छन् । पटकथा देवेन्द्र खापुङको रहेको फिल्ममा किसोर सम्बाहाङ्फे र विष्णु मोक्तानको द्वन्द्व निर्देशन, कमल राईको नृत्य निर्देशन, राज कुमार आङ्देम्बे र डीबी आङबुङको भाषा एवम् सबटाइटल रहेको छ । मुख्य सहायक निर्देशकमा राजु घिमिरे छन् ।