काठमाडौं । टेलिभिजन रियालिटी शो ‘भ्वाइस अफ नेपाल सिजन ५’ को आवेदन खुला भएको छ । उक्त शोमा सहभागि बन्न इच्छुकले वैशाख २३ गतेसम्म आवेदन दिनसक्ने छन् ।
निर्देशक लक्ष्मण पौडेलका अनुसा दशैंअघि प्रसारण योजना बनाइएको पाँचौं सिजनमा देश विदेशबाट जसले पनि आवेदन दिन सक्नेछन् । जसका लागि नेपाली गीत रेकर्ड गरेर ह्वाट्स एप नम्बर ९८१०१२४११० मा व्यक्तिगत परिचय र सम्पर्क खुल्ने ठेगानासहित गीत पठाउन सक्ने छ ।
अहिले चलिरहेको भ्वाइस किड्स सकिएपछि यसका लागि प्रि–प्रोडक्सन सुरु हुने यस शोमा १६ देखि ४० वर्ष उमेर समूहका व्यक्तिले भाग लिन पाउनेछन् ।