काठमाडौं । चर्चित रियालिटी शो ‘दि भोइस अफ नेपाल सिजन–४’ का प्रतिस्पर्धी परेश राईको स्वर रहेको गीत ‘तिमीले माया मारेकै दिन’ सार्वजनिक भएको छ । गीतको स्टुडियो भिडियो सार्वजनिक भएको हो ।
उक्त गीतमा मिलन किरातीको शब्द, विक्रम राईको संगीत र अशोक महर्जनको संगीत/संयोजन रहेको छ । माहोल स्टुडियोमा रेकर्ड भएको यस गीत ‘म्युजिक जक्सन नेपाल’ युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।
रियालिटी शो ‘दि भोइस अफ नेपाल’को ब्लाइन्ड अडिशनमा पाःलामबाट सुरुवात गरी धमाधेकार प्रस्तुति दिएका परेशले ४ वटा कुर्सी घुमाएका थिए । कोच राजेश पायल राईको टिम छनौट गरेका परेश नकआउट चरणबाट बाहिरिएका थिए ।
दर्शकको अथाह माया पाएका परेशका यसअघि ‘रेशमी केशसलाई’, ‘भोजपुर बजारमा’, ‘बरपिपलको छायाँ’, ‘केही कुरा तिमी भन’, ‘जुरेली’ लगायत थुप्रै गीत गाइसकेका छन् ।