November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

‘सम्याङफुङ–२’ भिडियो सार्वजनिक

9.9K

काठमाडौं । गायक तथा संगीतकार सेमिहाङ सिंघकको नयाँ गीत ‘सम्याङफुङ–२’ को भिडियो सार्वजनिक भएको छ । लिम्बू संस्कृतिलाई आधार बनाएर तयार पारिएको गीतमा सिंघककै शब्द, संगीत र स्वर रहेको छ । सिंघकलाई सुनिता थेगिमले साथ दिएकी छन् ।

देवेश राईको एरेन्ज रहेको गीतमा किशोर थापाको मिक्सिङ रहेको छ । एवान म्युजिकसियनमा रेकर्ड भएको गीत सेमिहाङ क्रियसनमार्फत् सार्वजनिक गरिएको हो ।

भुपेन्द्र तुम्बाहाम्फेको निर्देशनमा बनेको म्युजिक भिडियोमा सिंंघक, रेखा लिम्बू, प्रेम लिम्बू, फुःलेन्देको बाउ (मौसम इम्बुङ), सोना सिंघक, पन्च लावतीलगायतको अभिनय छ ।

Advertisement

भिडियोमा तुम्बाहाम्फेकै छायांकन, अनिल रानाको सम्पादन र रेनिस फागोको कलरिङ रहेको छ । तेह्रथुमका सिंघकको हालसम्म एक दर्जन बढी गीत सार्वजनिक भएको छ ।