काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काठमाडौं ४ बाट उम्मेदवार बनेका कांग्रेस महामन्त्री गगन थापालाई कलाकारहरुले पनि साथ दिएका छन् ।
केही दिन अघि केकी अधिकारीले गगनको पक्षमा भोट मागेकी थिइन । बुधबार अभिनेता प्रदीप खड्काले घरदैलोमै पुगेर गगनलाई भावी प्रधानमन्त्रीको रुपमा उभ्याउँदै भोट मागेका हुन् ।
अर्बपति कांग्रेस उम्मेदवार विनोद चौधरीलाई भोट माग्न नवलपरासी पुगेका अभिनेता खड्काले गगनलाई भोट मागेका हुन् ।
दाइमाथि मलाई विश्वास छ । भावी प्रधानमन्त्रीको रुपमा आफूले आफूलाई जसरी दाबेदारी देखाइरहनुभएको छ । म यसमा विश्वस्त छु कि आउनुपर्ने र सम्हाल्नुपर्ने नयाँपुस्ताले नै हो,’ प्रदीपले भने । त्यस्तै चलचित्रकर्मी रमेश बुढाथोकी, बरिष्ठ साहित्यकार श्रवण मुकारुङलगायत गगनको पक्षमा खुलेर लागेका छन् ।