पान्थर । सेवालुङ च्यानलको निर्माणमा ‘निङ्वा इगेक’ पाःलामको भिडियो सार्वजनिक भएको छ । भिडियोलाई अहिलेका ब्यस्त निर्देशक हाङ चेम्जोङ्ले निर्देशन गरेका छन् ।
पाःलाम ‘निङ्वा इकेक्’ को शब्द तथा लय संकलन निरन्ता नेम्बाङले गरेका हुन् । पाःलाममा सुमन लिम्बु र निरन्ता नेम्बाङ् स्वयंले आजाव भरेका छन् ।
पूर्वी नेपालको आठराई गाउँपालिकाको स्यागु र मौलो डाडाको मेलामा छायांकन गरिएको उक्त भिडियोको छायांकन तथा सम्पादन इशाक जबेगुले गरेका छन् भने श्रृङ्गारमा सन्जु थलङ रहेकी छन् ।
भिडियोमा भिम तुम्बाहाम्फे, सागर केरुङ, रुबिना इङ्नाम लिम्बु, ,निङ्वा नेम्बाङ, सेखर इङ्नाम, प्रदिप इङ्नाम प्रेम तामाङ, सुकमान इङ्नाम, दिलकुमार इङ्नाम, पुस्तिका इङ्नाम, कमला इङनाम, तारा इङ्नाम, मनिका इङ्नाम ,जोक मायाँ लिङ्देन, गोरीमाया इङ्नामले अभिनय गरेका छन् ।