काठमाडौं । लिम्बु भाषाको गीत ‘ईहूहू’ को भिडियो सार्वजनिक भएको छ । भिडियो शनिबार याक्थुङ फिल्म्स युटुब च्यानल्द्वारा सार्वजनिक गरिएको हो ।
याक्थुङ फिल्म्सको प्रस्तुति रहेको सो गीतको शब्द÷संगीत सागर केरुङको रहेको छ भने नोगेन हाङ्सरुम्बा लिम्बुको स्वर रहेको छ ।
त्यस्तै, निर्माता चन्द्रकला सावा, छायांकन सञ्जय आचार्य, ड्रोन अपरेटर फुङ्सो जबेगु, श्रीङ्गार अमृता जबेगु, सम्पादन निस्चल आचार्य र मोनिकुमार ताम्लिङको एरेन्ज रहेको छ ।
जिर्ण अवस्थामा रहेको लिम्बू जातिको भाषा, लिपि, संस्कार, संस्कृति र इतिहासको जागरणको गीत निर्माण गरिएको याक्थुङ फिल्म्सका एमडि सागर केरुङ्ले बताए ।
भिडियो हेर्नुस् ।