काठमाडौ । चलचित्र निर्देशक किशोर सुब्बाको शब्द रचनामा आधुनिक गीतको अडियो सार्वजनिक भएको छ ।
तारा प्रकाश लिम्बु र मेनुका पौडेलको स्वर, तारा प्रकाश लिम्बुको संगीत रहेको ‘सुस्तरी बोलन’ बोलको अडियो जेपिजे इन्टरटेनमेन्ट प्रालि अमेरिकाबाट सार्वजनिक भएको हो ।
जेपिजे इन्टरटेनमेन्ट प्रालिले गत सातामात्र ‘छेक्यो मायालु’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेको थियो ।