फेदेन । लिम्बु भाषाको गीत ‘हिल्लिक–हिल्लिक’ को म्युजिक भिडियोको छायांकन शुक्रबार सम्पन्न भएको छ । गीतमा आन्छुमे नशानको शब्द, एकान्त आङ्देम्बेको संगीत, एकान्त आङ्देम्बे र सीता तुम्रोकको स्वर रहेको छ ।
पान्थरको लब्रेकुटी, साधुटार लगायत विभिन्न ठाउँमा छायांकन भएको सो भिडियोमा सागर केरुङको निर्देशन, निङ्वा नेम्बाङको नृत्य निर्देशन, अमृता जबेगुको शृङ्गार, सञ्जय आचार्यको छायांकन सम्पादन रहेको छ ।
भिडियोमा जेपि नेम्बाङ, निशाम तुम्बापो, सीता तुम्रोक, निङ्वा नेम्बाङ, ज्योती सुहाङ, सम्झना योङ्हाङ, तारा लिङ्देन, बर्षा खवास, नोगेन हाङ्सरुमबा, लेन्जो इङ्वा, बिबेक हाङ्सरुम्बा, प्रकाश रम्तेल र कविन गुरुङ्ले अभिनय गरेका छन् ।
