पान्थर । गायक नोगेन हाङ्सरुम्बाको स्वरमा ‘छोड्दिन बिचैमा’ बोलको गीतको म्युजिक भिडियोको सोमबार छायांकन सम्पन्न भएको छ । बुद्धराज लिम्बुको शब्द संगीत रहेको गीतलाई लिम्बुले नै निर्देशन गरेका हुन् ।
बरदान संगीतालयको निर्माण रहेको सो गीतको म्युजिक भिडियोलाई पान्थरको साधुटार, तमोर, लब्रेसिलाउटी लगायत विभिन्न ठाउँमा छायांकन गरिएको छ ।
भिडियोमा नोगेन हाङ्सरुम्बा, निशाम तुम्बापो, सागर केरुङ, उदय नेम्बाङ, बरदान इङ्वा, ज्योती सुहाङ, अनिता थाम्सुहाङ र पुरन राइले अभिनय गरेका छन् ।
इशाक जबेगुको छायांकन÷सम्पादन, अरुणा नेल एन्ड आर्ट मेकप स्टुडियो, दिनेश श्रेष्ठको एरेन्ज रहेको गीतलाई बरदान युटुब च्यानलबाट सार्वजनिक हुने निर्देशक लिम्बुले बताए ।
