June 15, 2025, Sunday
२०८२ असार १
1:37:26 pm

सेमिहाङ सिंगकको पारेना पारेना सार्वजनिक

4K

काठमाडौँ, ६ कात्तिक । गीतकार, संगीतकार सेमिहाङ सिंगक गायनमा पनि आएका छन् । सिंगापुर लाहुरे सेमिहाङ पछिल्लो समय गीतसंगीतमा जमेर लागिरहेका छन् ।

टेकेन्द्र यक्सोले संगीत संयोजन रहेको गीत सेमिहाङले गाएका हुन् । सेमिहाङको आफ्नै रचना र संगीतमा रहेको लिम्बू गीत ‘पारेना पारेना’ बोलको रहेको छ ।

कोरियोग्राफर तथा निर्देशक दिनेश माङमुको निर्देशनमा भिडियो पनि निर्माण भएको छ । गायक बिकास लिम्बू र सवनम लिम्बूको अभिनय रहेको भिडियोलाई मुकेश हुमागाईको छायाँकन, अनिलकुमार महर्जनको सम्पादन गरेका छन् ।

Advertisement

कविता तोलिङको श्रृङ्गार, थेह्रथुमे ढाका बुटिकको पहिरन रहेको गीतको भिडियो सिंगककै अफिसियल युट्यूव च्यानल सेमिहाङ क्रिएशन मार्फत सार्वजनिक भएको हो ।

भिडियो हेर्नुहोस्