June 23, 2025, Monday
२०८२ असार ९
1:37:26 pm

विपन तावा लिम्बूको ‘मेरो थर्पु गाउँ’ सार्वजनिक

9.1K

काठमाडौं । पाँचथरको थर्पु गाउँमाथि तयार पारिएको आञ्चलिक गीत सार्वजनिक भएको छ ।

विपन तावा लिम्बूको रचना, एसपी निङ्लेकुको रचना सम्पादन, कुशल थलङको संगीत र स्वरमा उक्त गीत तयार भएको हो । त्यसैगरी राजु कार्कीले एरेन्ज गरेका हुन् ।

थर्पु गाउँको सेरोफेरोलाई समेटिएको गीतमा त्यहाँको दृश्यलाई समायोजन गरी भिडियोमा देखाइएको छ । कृष्ण थलङले भिडियो छायांकन र सम्पादन गरेका हुन् ।

Advertisement

कुशल थलङको च्यानलमार्फत यस गीतलाई हेर्न र सुन्न सकिन्छ ।