July 16, 2024, Tuesday
२०८१ श्रावण १
1:37:26 pm

रुमानी कुलुङको “तिमी फुल हौ…”

4.3K

धरान । मोफसलमा रहेर लामो समयदेखी लेखनमा अथक साधना गरिरहेका कवि तथा गीतकार रुमानी कुलुङको “तिमी फुल हौ” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

नेपाली भिजन युट्युब च्यानलबाट सार्वजनिक भएको सो गीतमा “भोइस अफ नेपाल सिजन थ्री“का फाइनलिस्ट ज्वाला राई र अर्का यस समयका चर्चित गायिका मेलिना राईको स्वर रहेको छ । रुमानी कुलुङ्ले लेखेको सो गीतमा बासुरीको धुन नगेन्द्र राईले भरेका छन् । सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको सो गीतमा कम्पोज एरेन्ज तथा सङ्गीत पदम राजन मगरले गरेका छन् , भने मिक्सिङ मुकारुङ मुस्कानले गरेका छन् ।

गीतको म्युजिक भिडियोमा नाग्मा श्रेष्ठ र गायक स्वयं ज्वाला राइले अभिनय गरेका छन् । भिडियो इडिटिङ् मनोज राईले गरेका छन् । यस्तै सो गीतको भिडियोमा निर्देशक जीवन मुकारुङले निर्देशन गरेका छन् ।

Advertisement

गीत रिलिज पश्चात् सो गीतका गीतकार कुलुङ्ले हिजोको दिनमा आफ्नो सिर्जनाहरु डायरीमा सिमित रहेपनि अब भने आफ्ना सिर्जनाहरू आम पाठक एवम श्रोताहरुमा पस्कन पाँउदा आफू अत्यन्तै खुशी भएको बताउदै उनले भने “यो हाम्रो गीत र भिडियोलाई रचनात्मक प्रयिकृया दिन आम श्रोताहरू समक्ष अनुरोध गर्दछु । जसको कारणले अरु अब्बल रचना गर्न सकुँ ।”