काठमाडौ । चलचित्र ‘वीर योद्धा’ शुसक्रबारबाट प्रदर्शनमा आएको छ । उद्धव अविदित निर्देशित ‘वीर योद्धा’ चलचित्रले द्धन्दको विषयलाई उठान गरेको छ ।
असोज १ गते डिसहोमबाट सार्वजनिक हुने भनिएतापनि फिल्मको कथावस्तु निकै गम्भीर खालको रहेको भन्दै सेन्सर बोर्डले प्रदर्शन स्वीकृति दिएको थिएन । केही दृश्य सम्पादन पश्चात चलचित्र सार्वजनिक भएको छ ।
चन्द्रसूर्य फिल्मस्को ब्यानरमा निर्माण भएको एक्शनप्रधान चलचित्रमा बिराज भट्ट, जेनिसा केसी, शैलेस बखती, गणेश उप्रेती, सुसरवीर पण्डित, मुसकुसन्द थापा, रश्मी भट्ट, विनोद श्रसेष्ठ लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
फिल्मको निर्माण स+योजनमा किसान पोख्रेल रहेका छन् भने निर्मातामा गुसणराज राजभण्डारी, सन्तोष केसी, रामहरि श्रसेष्ठ रहेका छन् । चलचित्र डिसहोम ‘सिनेमा घर च्यानल’मा हेर्न सकिन्छ ।