July 16, 2024, Tuesday
२०८१ श्रावण १
1:37:26 pm

पारु राईको ‘यो माया हैन र ?’ सार्वजनिक

4.5K

काठमाडौ । गायिका पारु राईको ‘यो माया हैन र ?’ बोलको गीत सार्वजनिक भएको छ । राईले लण्डन बाटै पुनः अर्को कोशली लिएर आएकी हुन् ।

शनिबार सार्वजनिक गरिएको उक्त गीतको शब्द/स्वर गायिका स्वयम्कै रहेको छ भने संगीत संयोजन मनोज थापाको रहेको छ । स्वरमा गायक मनोज थापा मगरको पनि साथ दिएका छन् ।

पारु राईको यसअघि ‘तिम्रो तृष्णा’ बोलको गीत युके बाटै सार्वजनिक भएको थियो । ‘यो माया हैन र ?’सो गीतलाई दर्शक श्रोताहरूले दिएको माया र हौसलाको परिणाम रहेको गायिका बताउछिन् ।

Advertisement

युकेको विभिन्न ऐतिहासिक, रमणिय स्थानहरूमा छायाङ्कन गरिएको यस गीतमा पारु राई, मण्डल थेबे र बिपना गुरुंङको अभिनय र कुशल श्रेष्ठको निर्देशन तथा सम्पादन रहेको छ । त्यसैगरी बिपना गरुङको मेकअप रहेको छ । उनी लामो समयदेखि युकेमा रहँदै आइरहेकी छन् ।

माया प्रेमका कुरा, र समाजमा घटिरहने समसामयिक घटनाहरूलाई यस भिडियोमा प्रस्तुत गरिएको छ ।

बृटिस सेनामा लामो समयदेखि सेवारत कलाकार तथा समाजसेवी मण्डल थेबे कलाकारिता विधालाई एकदमै सम्मान गर्ने व्यतिm हुन् । उनी विदाको समयमा संगीत तथा अभिनयलाई समय दिन्छन् । उनले टिकटोकमा युथहरूलाई मोटिभेशनल विषयवस्तुहरूका साथै गोर्खा भर्ती सम्बन्धी जानकारी प्रस्तुत गर्ने गर्छन् ।

‘यो माया हैन र ?’ लाई फरक तरिकाले प्रस्तुत गर्न खोजेको गायिका पारु राईले बताइन् । कडा मिहिनेत गरेका कारण दर्शक श्रोताहरूले मनपराइदिनेमा निर्माण पक्ष ढुक्क रहेको बताउछन् ।