जीवन लिम्बू
इटहरी । गायक सेमिहाङ सिङ्गकको ‘साम्याङ फुङ’ वोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । लिम्बू समुदायको वैबाहिक संस्कृतिलाई उजागर गर्न खोजिएको भिडियो सेमिहाङ क्रिएसन युट्युव च्यानलबाट मंगलाबर सार्वजनिक भएको हो ।
गायक सिङ्गकको शब्द तथा कम्पोजमा रहेको भिडियोमा मौशम इम्बुङ ‘फुलन्देको बाउ’ र रेखा फागो मुख्य भूमिकामा देखिएका छन् । भिडियोमा कलाकार प्रेम सुब्बा र दिनेश माङमुको पनि अभिनय रहेको छ ।

गायक सिङ्गक र सुनिता थेगिमको स्वर रहेको भिडियोको नृत्य निर्देशन दिनेश माङमुले गरेका हुन् । युगल पोमुको निर्देशनमा वनेको भिडियो भुपेन्द्र तुम्बाहाम्फेले खिचेका हुन् ।
पूर्वी नेपालका विभिन्न ठाउँमा छायाङ्कन गरिएको भिडियोमा लिम्बू समुदायमा हुने भागि विवाहलाई मुख्य विषयवस्तु बनाइएको छ ।।
भिडियो