May 21, 2024, Tuesday
२०८१ जेष्ठ ८
1:37:26 pm

जनगायक जेबी टुहुरेको निधन

4.7K

काठमाडौं- जनगायक जुठबहादुर खड्गी (जेबी) टुहुरेको निधन भएको छ । टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा आज (बिहीबार) निधन भएको हो ।

मंगलबार कलंकीस्थित घरमा एक्कासी लडेपछि बयोधा अस्पताल लगिएको थियो । उनलाई मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दीर्घरोग समेत थियो ।

जनसांस्कृतिक महासंघका निवर्तमान अध्यक्ष सरल सहयात्रीका अनुसार संविधानसभा सदस्य समेत रहेका टुहुरेको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि दिउँसो साढे १ बजेदेखि २ बजेसम्म पार्टी कार्यालय पेरिसडाँडामा राखिने छ ।

Advertisement

उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ । टुहुरेको ‘आमा दिदी बहिनीको कति बस्छौं दासी भई’, बसाई हिंड्नेको ताँतीले बस्नेको मन रुवाउँछ’ लगायतका गीत चर्चित छन् । उनले १५० को हाराहारीमा प्रगतिशिल गीतहरु गाएका छन् ।