November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन

5.7K

काठमाडौं– गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ।

छातीमा समस्या देखिएपछि सुन्धारा स्थित न्युरो अस्पतालमा उपचाररत ८३ वर्षीय प्रधानको बिहीबार बिहान निधन भएको परिवार स्रोतले जनाएको छ। छातीमा समस्या आएकोले सास फेर्न गार्हो भएको कारण उनलाई अस्पताल पुर्याईएको थियो।

वि सं १९९४ सालमा सिन्धुपाल्चोक जिल्लाको चौतारामा बाबा रत्नध्वज प्रधान र आमा प्राण देबी प्रधानको कोखबाट जन्मिनु भएका उहाँको प्रेरणा घर कै सांगीतिक माहोल हो। उहाँको जिजुबाजे नारायणकृष्ण प्रधान र बाजे उत्तर्ध्वज प्रधान शास्त्रीय संगीतमा गहिरो रुचि राख्नु हुन्थ्यो। घरमा दिनहुँ जस्तो भईरहने सांगीतिक कार्यक्रमका प्रभावका कारण उहाँको पनि संगीत प्रति रुचि बढेको हो।

Advertisement

एक समयका चर्चित र स्टाईलिस् गायक प्रधानका ‘घुम्तीमा नआउ है…’, ‘पर लैजाऊ फूलहरू…’, ‘बाँधिए माया…’ लगायतका गीतहरु चर्चित छन्।