January 21, 2025, Tuesday
२०८१ माघ ८
1:37:26 pm

नेपाल आइडलको पाँचौ संस्करण आजदेखि प्रसारण सुरू हुँदै

२०८० फाल्गुन २५

1.2K

काठमाडौं । गायन रियालिटी शो ‘नेपाल आइडल’ को पाँचौ संस्करण आजदेखि प्रसारण सुरू हुँदैछ । कार्यक्रम शुक्रबार साँझ ८ः३० बजे एपिवान टेलिभिजनबाट प्रसारण हुनेछ ।

नेपाल आइडलका निर्देशक सुरेश पौडेलका अनुसार कार्यक्रमको सात प्रदेशका ८ सहरमा अडिसन भएको थियो । कार्यक्रमको पहिलो एपिसोडमा बिर्तामोड अडिसन देखाइने छ ।

कार्यक्रमको निर्णायकमा न्य्हू बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बास्कोटा छन् भने आशिफ शाह र रीमा विश्वकर्मा होस्ट छन् ।

Advertisement

कार्यक्रम हरेक शुक्रबार र शनिबार ८ः३० देखि १० बजे सम्म एपिवान टेलिभिजनबाट प्रसारण हुनेछ ।