November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

सायल र अमृताको ‘खै त मेरो कुरा बुझेको’

1.7K

काठमाडौं। गायक सायल हेल्लोक लिम्बू र अमृता लिम्बुको स्वर रहेको गीत ‘खै त मेरो कुरा बुझेको’ले राम्रो चर्चा पाइरहेको छ । केहिदिन अघि सार्वजनिक भएको यस गीतको भिडियोलाई दर्शकले रुचाएका छन् ।

यसअघि ‘बेदनाको सहर’, ‘खोटाङ जिल्ला दिक्तेल बजार’ जस्ता चर्चित गीतमा स्वर दिएका सायल बिगत ४ बर्षदेखि कोरियामा रहँदै आएका छन् । उनले दर्जन बढी गीतमा स्वर दिएका छन् । उनको नयाँ गीत ‘खै त मेरो कुरा बुझेको’ मा डी.पी.खनालको शब्द, शंकर थापा स्माइलको संगीत र विश्व अधिकारीको एरेञ्ज रहेको छ । गीतको भिडियो सायल अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

युवराज वाइबाको निर्देशन, प्रमोद भण्डारीको कोरियोग्राफ, निशान पौडेलको सिनेमेशनग्राफ र विकाश दाहालको सम्पादन रहेको भिडियोमा बिनोद न्यौपाने र अमृता लिम्बू आफैंले मोडलिङ गरेका छन्।

Advertisement

पूर्वेली लोकभाका हुँदै ‘संघारमा’ गीतबाट चर्चामा आएकी गायिका अमृताले ‘झुम्के मायालाई’, ‘लुकेर हेर्‍यौ मायालाई’, ‘ओखलढुंगा रुम्जाटार’,’शीरफूल’, ‘फुलबुट्टे चोलीले’, ‘डोरी फुर्काले’, ‘ए झरी’, ‘आधी आधी ‘, चौबन्दीको तुनामा’ लगायत दर्जनौं चर्चित गीतहरूमा स्वर दिएकी छन् ।