March 5, 2024, Tuesday
२०८० फाल्गुन २२
1:37:26 pm

सुनिता संयक र राजेश पायल राईको ‘सुनौलो एकदिन’

12.4K

काठमाडौं । राजेश पायल राई र सुनिता संयक लिम्बूको आवाजमा ‘सुनौलो एकदिन’ सार्वजनिक भएको छ । भिडियो ‘सुनिता संयक’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

बिष्णु किरातीको शब्द, ताराप्रकाश लिम्बूको संगीत र संजीव बराईलीको संगीत संयोजनमा रहेको यस गीतको मिक्सिङ तथा मास्टरिङ चन्द्र चौधरीको रहेको छ ।

म्युजिक भिडियोमा गरिमा शर्मा र बिष्णु किरातीको अभिनय देख्न सकिन्छ । भिडिलाई निकेश खड्काले निर्देशन गरेका हुन् भने छायांकन उत्तम हुमागाई र सम्पादन बिकाश धमलाले गरेका हुन् ।

Advertisement

यश भिडियोका निर्माता मच्छिन्द्र बहादुर राई रहेका छन् ।

गायिका सङ्यकले दि भोइस अफ नेपाल सिजन-५ को ब्याटल राउन्डसम्म प्रतिस्पर्धा गरेकी थिइन् । करिब डेढसय गीत गाइसकेकी उनका ‘डाँडा बजार’, ‘चोत्लुङ पार्क’, ‘पानी है पर्‍यो’, ‘सोल्टी ज्यू’, ‘झुम्न आऊ’, ‘तिमीभित्रै हराएर’, ‘हिल्लिङ हिल्लिङ’ लगायत दर्जनौं गीतहरू चर्चित छन् ।