काठमाडौं । सुनिता सङ्यकको नयाँ कोसेली ‘यो मुटुलाई छामेर हेर’ सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो।
सुरज तामाङको शब्द संगीत र देवेश राईको मिक्सिङ मास्टरिङ रहेको यश गीतलाई यसअघि मेल भर्सनमा विजय राईले गाएका थिए । जसको सफलाता पश्चात् फिमेल भर्सनमा सुनिता सङ्यकले गाएकी हुन्।
सङ्यकले दि भोइस अफ नेपाल सिजन-५ को ब्याटल राउन्डसम्म प्रतिस्पर्धा गरेकी थिइन् । करिब डेढसय गीत गाइसकेकी उनका ‘डाँडा बजार’, ‘चोत्लुङ पार्क’, ‘पानी है पर्यो’, ‘सोल्टी ज्यू’, ‘झुम्न आऊ’, ‘तिमीभित्रै हराएर’, ‘हिल्लिङ हिल्लिङ’ लगायत दर्जनौं गीतहरू चर्चित छन् ।
किरण राईको छायांकन तथा सम्पादन रहेको यस गीतको भिडियोमा साङ्केन राई र सुनिता स्वयमलाई फिचरिङ गरिएको छ ।