काठमाडौं । अभिनेता अनमोल केसी हाजिरी जमानीमा छुट्ने भएका छन् । उनलाई प्रहरीले आजै छाड्ने भएको हो ।
आपराधिक विश्वासघातको कसुरमा पक्राउ परेका केसीको जिल्ला अदालत काठमाडौंले तीन दिन म्याद थपेको थियो । शुक्रबारबाट गणना भएकाले आजै म्याद गुज्रिएकाले प्रहरीले छोड्न लागेको हो ।
आरोपीले प्रमाण नष्ट गर्ने सम्भावना नदेखिएको अवस्थामा प्रहरी अधिकारीले हाजिरीजमानीमा छाड्नसक्ने प्रावधान छ । सोही प्रावधान अनुसार उनलाई छाड्न लागिएको प्रहरीले जनाएको छ ।
चलचित्र ‘रावायण’ मा भएको विवादलाई लिएर निर्माता समूहले केसीविरुद्ध आपराधिक विश्वासघातको जाहेरी दिएको थियो । जाहेरी पछि केसी साँगाबाट पक्राउ परेका थिए ।