काठमाडौं । भारतीय डान्स रियालिटी शो ‘इन्डियाज् बेस्ट डान्सर सिजन ३’ को विजेता नेपालका समर्पण लामा बनेका छन्। सिवांशु सोनी, विपुल काँडपाल, अंकित चौहान, अञ्जली मामगाईलाई पछि पार्दै लामाले उपाधि जितेका हुन्।
शनिबार भएको फाइनलमा उनले ट्रफीसहित १५ लाख भारू र उनका कोरियोग्राफर भावना खन्डुजाले ५ लाख भारू पुरस्कार जिते।
उक्त शोलाई जय भानुशालीले होस्ट गरेकि थिइन् भने निर्णायकमा गीता कपूर, टेरेन्स लुईस र सोनाली बेन्द्रे थिए।