November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

नेपाली कथानक चलचित्र ‘युक्पुङ्’ को छायांकन सम्पन्न

२०७९ फाल्गुन ३०

8.1K

धरान । नेपाली कथानक चलचित्र ‘युक्पुङ्’ को छायांकन सम्पन्न भएको छ । मङ्गलबार धरानमा पत्रकार सम्मेलन गर्दै चलचित्रको छायाङ्कन समापन भई पोस्ट प्रोडक्सनको काम भइरहेको चलचित्र निर्माण परिवारले जानकारी गराएको हो ।

‘केएमडी अर्गानिक इन्टरटेन्मेन्ट प्रा.लि.’द्वारा निर्मित चलचित्रलाई तेह्रथुमको विभिन्न ऐतिहासिक रमणीय स्थलहरुमा छायांकन गरिएको बताइएको छ । चलचित्रमा पारिवारिक दायित्ववहन गर्ने क्रममा आफ्नो यौवन अवस्थालाई तिलान्जली दिन पुगेकी पात्र हाङमतिको जीवनमा एउटा पुरुष पात्रको प्रवेशका कारण सिर्जित संघर्ष र अन्तरद्वन्द्वको प्रेम कथा रहेको जनाइएको छ ।

‘यक्पुङ’मा दिनेश माङ्मुको कथा/निर्देशन, विष्णु मोक्तान र मदन वनेमको पटकथा/संवाद, रविन्द्र बरालको छायांकन रहेको छ । चलचित्रमा कमला सेन्दाङ, कुशल थलङ, कविता आले, यासेली योङ्हाङ, सागर केरुङ, हिमाल लेछर्बो, मिराक लिम्बूल, प्रेम ओझा, नुनाम केरुङ, कुमार ढकाल, डिबि थेगिम, मदन वनेम, सुलभ नेम्बाङ, टिआर सेनेहाङगायतले अभिनय गरेका छन् ।

Advertisement

नरकुमारी वनेम, दिलु पाङ्मा लिम्बू र इन्दु लावतीको संयुक्त निर्माण रहको यस चलचित्रको सहनिर्मातामा तेज आङ्बुहाङ, पूष्पा वनेम, हिमाल लेछर्बो, ममता यक्सो र सुमन नेम्वाङ रहेका छन् ।

पोष्टप्रोडक्सनमा रहेको चलचित्र दशैं–तिहारको अवसरमा प्रदर्शन गर्ने तयारी भइरहेको निर्माण पक्षको भनाइ छ ।