काठमाडौं । प्राञ्जल पोखरेलको स्वर रहेको गीत ‘समय’ सार्वजनिक भएको छ । प्राञ्जलकै शब्द, संगीत तथा संगीतसंयोजन रहेको यस गीतमा वेनिशा पौडेलले गायनमा साथ दिएकी थिइन् ।
प्रेम दिवसको अवसर पारेर सार्वजनिक गरिएको यस गीतको भिडियोलाई कमल रानाले निर्देशन गरेका छन् । यस्तै, योगेश शाक्यको छांयकन, सम्पादन र कलर रहेको गीतको भिडियोमा अनु आचार्य, अनेल पौडेल, आशिस कुमार केसी र प्राञ्जलको अभिनय रहेको छ ।
भिडियो बुटवल, भैरहवा र लुम्बिनीका रमणीय क्षेत्रमा छायाँकन गरिएको छ । भिडियो ओएसआर डिजिटलमार्फते सार्वजनिक गरिएको हो ।
रुपन्देहीको भैरहवमाका स्थायी बासिन्दा प्रञ्जलको यसअघि सार्वजनिक भएको गीत ‘दिलमा सर्किट बनेर’ ले स्रोताको मन जितेको थियो । आफ्ना अन्य गीत जस्तै यो गीतले पनि दर्शक/स्रोताको साथ पाउने आफूले आशा राखेको प्रञ्जलले बताए । ‘सबैको मिहिनेतले एउटा राम्रो गीत स्रोता/दर्शकमाझ पस्किएको छौं, दर्शक/स्रोताले मनपराइदिनुहुन्छ भन्नेमा आशावादी छौं’, प्रञ्जलले भने ।