November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

सत्य कथामा आधारित भिडियो ‘काँडैकाँडा’

2.7K

काठमाडौं । दिलिप आङ्देम्बेको स्वर रहेको ‘काँडैकाँडा’ बोलको गीत सार्वजनिक भएको छ । आङ्देम्बेको यथार्थ जीवनमा आधारित यस गीतको भिडियो सार्वजनिक भएको हो ।

साहित्यकार इक्साहाङ चेम्जोङको शब्द, एकान्त आङ्देम्बेको संगीत र देवेश राईको संगीतसंयोजन रहेको यस गीतको मिक्सिङ तथा मास्टरिङ मुस्कान राईले गरेका छन् ।

गीतको भिडियोमा दिलिप आङ्देम्बे, पुष्पाञ्जली तिल्लिङ मादेनको अभिनय रहेको छ । यस्तै बालकलाकारमा शक्ति आङ्देम्बे रहेका छन् । भिडियोको निर्देशन जीवन राईले गरेका हुन् भने छायाँकन विनोद याखाको रहेको छ ।

Advertisement

पुर्वेली गायक तथा संगीतकार दिलिप आङदेम्बेले दर्जन भन्दा बढी गीतमा आवाज दिनुका साथै संगीत पनि गरेका छन् । यस गीतमा उनको पारिवारिक भोगाइलाई प्रस्तुत गरिएको निर्माण समूहको दाबी छ ।

भिडियो एकान्त आङदेम्बे अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।