काठमाडौं । चलचित्र ‘आकासे खेती’ को फष्टलुक अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । उदय सुब्बाको निर्देशन रहेको उक्त फिल्म आगामी फागुन २७ गते रिलीज मिति तोक्दै फिल्मले प्रचार प्रसारको पहिलो सामग्रीको रुपमा दुई पोस्टर बाहिर ल्याएको हो ।
चलचित्रमा विल्सन बिक्रम राई ‘तक्के बुढा’, गौरव पहारी, बुद्धी तामाङ ‘हैट’, नीता ढुङ्गाना, रविन्द्र झा, रमा लिम्बु, जयनन्द लामा, शिशिर वाङ्देल लगायको मुख्य भूमिका रहेको छ ।
केदार उप्रेती, जीवन सुब्बा, राजेन्द्र चोङ्वाङ, दीलप्रकाश याक्सो निर्माता रहेको फिल्मको कथा निर्देशक आफैले तयार पारेका हुन् । फिल्मको सम्वाद भने कलाकार विल्सन बिक्रम राई ‘तक्के बुढा’ले लेखेका हुन् ।
एसएस इन्टरनेशनल फिल्मस् र तक्मे प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा बिक्रम डिसीको छायांकन, सुजन बडालको सम्पादन, राजु किरातीको द्धन्द, रामजी लामिछाने र राजिवको नृत्य, विकाश चौधरी र बादल लिम्बुको संगीत रहेको छ ।
फिल्म जि.जि ग्रुपका करण श्रेष्ठले उपत्यका र एफ.डि कम्पनीले उपत्यका बाहिर बितरण गर्नेछ । फिल्म युवादेखि बृद्धसम्मको रुचिलाई ध्यानमा राखेर निर्माण गरिएको निर्देशक सुब्बाले बताए ।