काठमाडौं । लिम्बु भाषाको गीतको भिडियो ‘थोकफेला–२’ को छायांकन सम्पन्न भएको छ । भिडियोको निर्देशन हाङ चेम्जोङले गरेका हुन् ।
निरन्ता नेम्बाङ र सुमन लिम्बुको स्वर रहेको उक्त गीतको शब्द गीता नेम्बाङको रहेको छ भने लय पनि निरन्ता नेम्बाङकै रहेको छ ।
भिडियोमा निरन्ता नेम्बाङ, पूर्ण सेलिङ, सुमन लिम्बु, मनु थक्लुङ्, सिताराम याक्खा, यासेली योङ्हाङ्, एन्जिला नेम्बाङ्, पुस्पा दिवानी तिगेला लगायतको अभिनय रहेको छ । त्यस्तै, भिडियोको छायांकन तथा सम्पादन इसाक जबेगुले गरेका छन् भने श्रीङ्गार सन्जु थलंङको रहेको छ ।
चोभारको ठुलो हात्तिबन्मा छायांकन गरिएको उक्त भिडियोको निर्माण पूर्ण सेलिङले गरेका हुन् ।
भिडियो चाडै नै दर्शकमाझ आउने निर्देशक हाङ चेम्जोङले बताए ।