काठमाडौं । निङ्वासुम भाग– ६ अन्तर्गत ‘निङ्वासुम केदारो लुङ्वामाए’ बोलको पाःलाम भिडियो सार्वजनिक भएको छ । भिडियोलाई अहिलेका चर्चित युवा निर्देशक हाङ चेम्जोङ निर्देशन गरेका छन् ।
पाःलामकी रानीको उपनामले चर्चित मनु नेम्बाङ्, शिवकुमार सम्बाङ्फे, विष्णु सेर्मा, जीवन केदेमको आवाज रहेको सो पाःलामाको संगीत संयोजन मोनी ताम्लिङको रहेको छ । पाःलामको रेकर्ड स्टुडियो एभरेस्टमा गरिएको हो ।
शिवकुमार सम्वाहाम्फे प्रथम विश्वव्यापी अनलाइन पाःलाम प्रतियोगिताका फस्ट रनअरप हुन् भने मनु नेम्बाङ उक्त कार्यक्रमको निर्णायक थिइन् ।
पाःलाममा पुष्पाञ्जली तिल्लिङ, जीवन केदेम, सुमन लिम्बु लुप्लिहाङ अन्जान नेम्बाङ्, नरेश वनेम, युगल लिम्बु, धनप्रसाद कन्दङ्वा, नन्दु तुम्बापो, डिआर हाङ्सरुम्बा, रीता फोम्बो ठुली, सीता लावती फोम्बो, जानु फोम्बो, राधिका आङ्बुहाङ् फोम्बो, सनी लिम्बु, नैनकला आङ्देम्बे लगायतको अभिनय रहेको छ ।
बिबि लिम्बुको छायांकन तथा सम्पादन, श्रीङ्गार सञ्जु थलङ र आयुस्ना श्रेष्ठको रहेको उक्त भिडियो रीता फोम्भो ठूलीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।