काठमाण्डौ । भ्वाईस अफ नेपालबाट चर्चित बनेका बिनय कार्कीले आफ्नो नयाँ गीत सालको पात सार्वजनिक गरेका छन् ।
डेढ दशकदेखि सांगीतिक क्षेत्रमा कृयाशील गायक विनय कार्की ‘विनय के टु’को नामले चर्चित छन् । कार्कीले भ्वाइसमा आफ्नो कलाको जादु छरेपछि विगतलाई फर्केर हेर्नु नपरेको बताउछन् ।
विक्रम केसीको शब्द र गायक कार्कीको आफ्नै संगीत तथा एरेन्जमा तयार पारीएको यस गीतको भिडियोमा अहिलेका चर्चित हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’को अभिनय देख्न सकिन्छ भने उनलाई उनकै जीवनसाथी सुमिना खालिङले साथ दिएकी छन् । त्यस्तै जि.बि. चिरन, सुरेश खोली, बबिता न्यौपाने लगायतको पनि अभिनय भिडियोमा देख्न सकिन्छ ।
आरोही इन्टरटेन्टमेन्को प्रस्तुति रहेको भिडियोलाई शशान कंडेलले निर्देशन गरेका हुन् भने छांयाकन बुद्ध थापा, सम्पादन विकास दाहाल तथा कोरियोग्राफी सन्तोष राजबाहकको रहेको छ ।
भिडियोलाई बिनय कार्कीको आफ्नै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।