मोरङ । डिबि लिम्बु र नन्दमाया थलङको आवाज रहेको ‘फिर्केनी’ बोलको पाःलाम सार्वजनीक भएको छ । डिबि लिम्बुकै शब्द तथा लय रहेको ‘फिर्केनी’को संगीत संयोजन टेकेन्द्र यक्सोले गरेका छन् । पाःलमको कोरस गायनमा पूर्ण कुमारी पाङ्मा र टारकान्छा चबेगुले साथ दिएका छन् ।
विष्णु मोक्ताले निर्देशन गरेको सो भिडियोलाई शिरकुमार साम्पाङले छायांकन गरेका छन् । त्यसैगरी भिडियोको सम्पादन बसन्त वाम्बुले राईले गरेका छन् ।
भिडियोमा डिबि लिम्बु, सञ्चमाया ईवा, चित्र वनेम, टार कान्छा, चन्द्र प्रसाद चेम्जोङ, नन्दमाया थलुङ, पूर्णकुमारी पाङ्मा, धनमाया पाङ्मा, टिका थलुङ, लिला पाङ्मा, सञ्चमाया पन्धाक, बुधमाया आङ्बुहाङ( वनेम) बुनुता थेगिम, र बालकलाकारहरू कोपिला थेगिम, जोया लिम्बु थेगिम, ईतुसा लिम्बु चेम्जोङ, मिराक लिम्बु साँवासँगै ईस्कुम थेगिमको संयुक्त अभिनय देख्न सकिन्छ ।
म्युजिक मिडिया धरानमा रेकडिस्ट विजय श्रेष्ठद्वारा रेकर्ड गरिएको सो पालामका परिकल्पनाकार मदन वनेम हुन् ।
जिएम प्रोड्क्सन प्रा.लि ईटहरीको प्रस्तुती रहेको सो भिडियो मेन्छ्यायेम दर्पण युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
https://www.youtube.com/watch?v=oभिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।