November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

सुरज थपलिया र गरिमा शर्माको अभिनयमा ‘तिमी मुस्कुराउँदा’

२०७८ कार्तिक १४

7.3K

काठमाडौं । संगम थपलियाको स्वरमा रहेको गीत ‘तिमी मुस्कुराउँदा’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द र संगीत किशोर विश्वकर्माको छ भने संगीत संयोजन सञ्जीब बराईलीको रहेको छ ।

सुरज थपलिया र गरिमा शर्माको मुख्य अभिनय रहेको सो म्युजिक भिडियोलाई रमेश थापाले निर्देशन गरेका छन् । त्यसैगरी उत्सव दाहालको छायांकन, नहकुल खड्काको सम्पादन, सिता राईको कोरियोग्राफी र मनोरञ्जन श्रेष्ठको कलर ग्रेडिङ रहेको छ ।

अकस्टिक रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको उक्त गीतको मिक्सिङ प्रकाश मिश्रले गरेका हुन् । जुन गीतको भिडियोलाई शिवराम थपलियाले निर्माण गरेका हुन् ।

Advertisement

कुलेखानीका विभिन्न स्थानमा छाँयांकन गरिएको ‘तिमी मुस्कुराउँदा’को भिडियो ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानलमाबाट सार्वजनिक भएको हो ।

https://www.youtube.com/watch?v=8OmHzJH86Z0