November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

एपिक नेपाल म्युजिक अवार्ड मंसिरमा

3.2K


काठमाडौं । एपिक नेपाल म्युजिक अवार्डको तेश्रो संस्करण भक्तपुरमा हुने भएको छ । आउँदो मंसिर ११ गते भक्तपुरमा वितरण हुन गइरहेको एपिक नेपाल म्युजीक अवार्डको तेस्रो संस्करणको उत्कृष्ट ५ मनोनयन सार्वजनिक पनि गरेको छ

एपिक नेपाली म्युजीक प्रा.ली.ले आयोजना गर्दै आएको एपिक नेपाल म्युजीक अवार्डमा यसबर्षका लागी भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले सहकार्य गरेको छ । यसबर्ष अवार्ड ३२ विधामा प्रदान गरिदैछ ।

बिशेष गरी मध्यपुर थिमिभित्रका पुरातात्विक बस्तु, संस्कृति जगेर्ना गर्ने उद्देश्यले नगरपालिकाले सहकार्य अगाडी बढाएको यसअघि नै नगरप्रमुख मदन सुन्दर श्रेष्ठले बताए ।

Advertisement

अवार्डमा नेपाली लोकगीत तर्फका नयाँ तथा पुराना गायक, गायिका, मोडल, निर्देशकहरूलाई पनि समेटिएको छ । आयोजक संस्थाकी अध्यक्ष बबिता श्रेष्ठका अनुसार नेपाली कला क्षेत्रमा योगदान पुर्याउनु भएका सबैलाई समेट्ने प्रयास भएको छ । साथै, काठे, नेवारी र देउडा गीत गायक, गायिका र मोडललाई पनि समेटिएको बुझिएको छ ।

अवार्ड समारोह आउँदो मंसिर ११ गते मध्यपुर थिमि नगरपालिका वडा नं. ८ बोडेस्थित कुमारी पार्कमा दिउँसो १ बजेदेखी हुने भएको हो ।