June 17, 2025, Tuesday
२०८२ असार ४
1:37:26 pm

हाङ चेम्जोङको निर्देशनमा ‘माङ्गेन्ना चो?लुङ्’को छायांकन सम्पन्न

4.3K

काठमाडौ । हाङ चेम्जोङको निर्देशन रहेको लिम्बू भाषाको पालाम गीत ‘माङ्गेन्ना चो?लुङ्’ को म्युजिक भिडियोको छायांकन शनिबार सम्पन्न भएको छ ।

निरन्ता नेम्बाङ र सुमन लिम्बुको स्वर रहेको ‘माङ्गेन्ना चो?लुङ्’कोे शब्द सागर केरुङको रहेको छ ।

काठमाडौको चुनिखेल रिसोर्ट आसपासमा छायांकन गरिएको भिडियोमा भिम तुम्बाहाम्फे, रुबिना लिम्बू, निङ्वासा लिम्बू, निरन्ता नेम्बाङ, सुमन लिम्बू, पुष्पा दिवानी तिगेला, पुर्ण सेलिङ, तिर्सना नेम्बाङ, पर्शु थलङ र यासेली योङ्हाङ् लगायतको अभिनय रहेको छ ।

Advertisement

बिबि लिम्बूको क्यामरा र पर्शु थलङको ड्रोन रहेको सो भिडियो चाँडै नै दर्शकमाझ आउने सागर केरुङले बताए ।