June 14, 2025, Saturday
२०८२ असार १
1:37:26 pm

दर्शकमाझ ‘चल्लक् चल्लक्’

3.4K

काठमाडौं । हाङ चेम्जोङको निर्देशनमा बनेको लिम्बू भाषाको गीत ‘चल्लक चल्लक’ सार्वजनिक भएको छ । ब्रबिम सेर्मा र गङ्गा फियाकको आवाज रहेको सो गीतको शब्द र संगीत नेम खापुङको रहेको छ ।

टेकेन्द्र यक्सोको संगीत संयोजन र मुस्कान मुकारुङको मिक्सिङ तथा मास्टरिङ रहेको ‘चल्लक् चल्लक्’ गीतको भिडियोमा मौसम इम्बुङ (फुलेन्देको बाउ) पुष्पाञ्जली तिल्लिङ (चाप्पेतीको आमा)को अभिनय रहेको छ । साथमा सागर केरुङ, जेपि नेम्बाङ, पूर्ण लिम्बू, डिआर हाङ्सरुम्बा लगायतले पनि साथ दिएका छन् ।

रीता फोम्बो ठूलीको निर्माणमा बनेको उक्त गीतको भिडियोमा दिनेश माङ्मुको कोरियोग्राफी, इशाक जबेगुको छायाङ्कन तथा सम्पादन र सञ्जु थुलुङको श्रृङ्गार रहेको छ

Advertisement

सेवा रेकर्डिङमा रेकर्ड गरिएको सो गीतको भिडियो केहि समयअघि रीता फोम्भो ठूलीको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।